सामाजिक न्यायका लागि संघर्ष गाथा, आवेदन दिने अन्तिम मिति: २ फेव्रुअरी २०२४

के तपाईँ दलित महिला वा दलित क्वियर स्नातक (ग्र्याजुएट) हुनुहुन्छ ?  के तपाईँले जात, लैंगिकता र यौनिकताका अधारमा आफूले भोगेका विभेदविरुद्धका सङ्घर्ष बारे आफ्नै कथा भन्न, लेख्नबोल्न र भिडियो उत्पादन गर्न चाहनुहुन्छतपाईँलाई दलित रीडर मद्दत गर्न चाहन्छ । त्यसका लागि माथि दिईएको लिङ्कमा गई आवेदन दिनुहुन अनुरोध छ ।

आवेदनका लागि न्यूनतम योग्यता

  • स्नातक तह उत्तीर्ण गरी ४० वर्ष ननाघेको ।
  • सामाजिक न्याय र दलित मानव अधिकारको मुद्दामा प्रतिबद्ध दलित महिला वा दलित क्वियर सामाजिक अभियन्ता/राजनीतिकर्मी ।
  • जात, लैंगिकता र यौनिकताका आधारमा आफूले भोगेको विभेद तथा हिंसा र त्यस विरुद्धको सङ्घर्षलाई सार्वजनिक गर्न इच्छुक दलित महिला वा दलित क्वियर ।
  • नेपाली वा नेपालमा बोलिने अन्य कुनै राष्ट्र भाषामा पढ्न र लेख्न सक्षम । 

 

आवेदनका लागि आवश्यक सामग्री

  • कार्यशालामा सहभागी हुन तपाईँले आवेदनसँगै तपाईँ  यो कार्यशालामा किन सहभागी हुन चाहनुहुन्छ भन्नेबारे १०० देखि २०० शब्दमा लेखी पठाउनु पर्नेछ ।
  • तपाईँले जातलैंगिकता र यौनिकताका अधारमा भोगेको सङ्घर्ष बारे २०० शब्द सम्ममा लेख्नुहोस् । तपाईँले पठाउनुभएको कथालाई कार्यशालामा सहभागी छनोट प्रक्रियाका लागि मात्रै उपयोग गरिने छ ।
 

कार्यशालाका सर्तहरू

  • कार्यशाला हप्ताको एक दिन तीन घण्टाका दरले १२ हप्ताको हुनेछ । छनोट भएका सहभागीहरू सबै कक्षामा अनिवार्य उपस्थित हुनु पर्नेछ ।
  • सहभागीहरूले तोकिएको श्रव्यदृश्य तथा पाठ्य सामग्रीको अध्ययन गरी कार्यशालामा छलफल गर्नु पर्नेछ ।
  • सहभागीले आफूले भोगेको जातीयलैङ्गिक तथा यौनिक विभेद र सङ्घर्षका बारेमा कम्तीमा ५०० देखि ७०० शब्दको एउटा लेख तथा भिडियो कथा प्रकाशन गर्नु पर्नेछ ।कार्यशालामा नियमित रूपमा उपस्थित भई तोकिए बमोजिमका सर्तहरू पुरा गर्ने सफल सहभागीलाई फेलोसिपबापत रु २०,००० (अक्षरूपी बिस हजार) मात्र उपलब्ध गराइनेछ ।
 
दलित महिला तथा दलित क्वियरको  संघर्षको कथा किन

नेपालको तहगत जातीय श्रेणीमा सबैभन्दा पिँधमा पारिएको दलित महिला तथा दलित क्वियर समूह हुन भन्ने सवालमा कुनै द्विविधा छैन । अर्थ राजनीतिक र सामाजिक रूपमा अत्यन्तै कमजोर रहेका कारण उनीहरु जातीयलैङ्गिक तथा यौनिक विभेदको सबैभन्दा जोखिममा रहेका छन् । दलित महिलाको साक्षरता दर जम्मा ३४.८% छ । उच्चशिक्षामा पहुँच अत्यन्त सीमित छ । कुल महिला जनसङ्ख्याको ५४.५ प्रतिशतका तुलनामा ११.८ प्रतिशत दलित महिलाको मात्र विश्वविद्यालय शिक्षामा पहुँच छ । उच्च शिक्षामा न्यून पहुँचका कारण उनीहरुले आफूले भोगेको विभेद र हिंसालाई मूलधार तथा सामाजक मिडियामा उल्लेख्य रूपमा ल्याउन सकिरहेका छैनन् ।  

 

जातीयलैङ्गिक तथा यौनिक विभेद र हिंसाले पारेको मनोसामाजिक असरका कारण दलित महिला तथा दलित क्वियरहरुको सवल तथा दिगो नेतृत्व विकासमा अक्सर असर पर्ने गरेको छ । उनीहरुको यस्तो भोगाई बाहिर ल्याउन नसक्दा समाजमा हिंसा नै नभएको बुझाई पनि रही आएको छ । फलस्वरुप उनीहरुमाथि हुने जातीयलैङ्गिक तथा यौनिक विभेद र हिंसाका घटनाहरूमा उल्टै उनीहरुमाथि नै दोष थोपर्ने गरिएको छ ।

 

दलित महिलाको चरित्र माथि प्रश्न उठाउन रुढीवादी (स्टेरियोटाईप) मिथक र भाष्यहरूको प्रयोग गरिँदै आइएको छ । त्यस्ता स्थापित भाष्यलाई चिर्नका लागि दलित महिला तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यकहरूले भोगेको जातीय विभेद र हिंसालाई दलित अन्तर सम्बद्ध महिलावादी दृष्टिकोणबाट ज्ञान उत्पादन तथा सम्प्रेषण गर्नु जरुरी छ । तबमात्र यसले वर्चस्वशाली (डोमिनेटिङग) भाष्यलाई प्रश्न गर्दै दलित महिला तथा दलित क्वियरहरुको जीवन भोगाईलाई दलित संस्कृति तथा दर्शनको कोणबाट बुझ्नसामूहिक शक्तिको पहिचान गर्न र सार्वजनिक उपस्थिति सशक्त पार्दै समाजका हरेक क्षेत्रमा आफ्नो नेतृत्व स्थापना गर्न मद्दत गर्ने छ ।

 

दलित रीडरले दलित महिला तथा दलित क्वियरहरुको नेपाली समाज निर्माण र यसको दिगोपनका लागि उनीहरुको अर्थ राजनीतिक योगदानको कदर गर्दै उनीहरूको आँखाबाट नेपाली समाज र राजनीतिलाई मूल्याङ्रकन गर्ने प्रयास थालेको छ । यो प्रयास दलित महिला तथा दलित क्वियरहरुले भोगेका जातीयलैङ्गिक तथा यौनिक विभेद विरुद्धको सङ्घर्षका कथाहरुको अभिलेखन तथा प्रकाशन मार्फत दलित अस्तित्वको खोजी हो । 

 

शिक्षण विधि

कार्यशाला हप्ताको एक दिन तीन घण्टाका दरले १२ हप्ताको हुनेछ । यस कार्यशालामा कथा लेखन तथा वाचनका लागि आवश्यक सीप अभिवृद्धिका लागि विशेषज्ञहरूले सहजीकरण तथा मेन्टरिङ्ग गर्नुहुनेछ । प्रत्येक सत्रमा सहभागीहरूले तोकिएको पाठको अध्ययनगृहकार्य र प्रस्तुतीकरणका आधारमा छलफल तथा संवादहरूमा सहभागी हुनुपर्ने छ । सहभागीहरूले दलित मानव अधिकारसंस्कृति र दर्शनका विविध आयामहरूमा केन्द्रित रहेर आफूले भोगेको जातीय र लैङ्गिक हिंसालाई बुझ्ने/बुझाउनेलेखनको मस्यौदा तयार पार्नेसंशोधन तथा सम्पादन गर्ने र प्रभावकारी रूपमा कथा वाचन गर्ने सीपहरू सिक्नुहुनेछ । जात व्यवस्थालैङ्गिक सवालमा अन्तरक्रियाछलफल तथा प्रयोगात्मक कथा लेखन र कथा वाचन यस कार्यशालाका मुख्य विशेषता हुन् ।

 

सहजकर्ताहरू

जात व्यवस्थापितृ सत्ता र यौनिक असमानता/हिंसाविरुद्ध लेखनकथा लेखन र अनुसन्धानका क्षेत्रमा अनुभवी सहजकर्ताहरूले यस कार्यशालालाई सहजीकरण गर्नुहुनेछ । सहभागीहरूको आवश्यकताअनुसार हामीले लेखनप्रकाशन र अन्य विषयगत विधाका विज्ञहरूलाई पनि कार्यशालामा आमन्त्रण गर्नेछौँ । कार्यशालाको हरेक सत्रहरूमा सहजकर्ताद्वारा सहभागीहरूलाई पढ्नलेख्न र प्रस्तुतिका लागि प्रोत्साहन गरिनेछ । लेखनका लागि विषयवस्तुको छनोटलेखनको ढाँचा निर्माणतर्क प्रस्तुतिपुनर्लेखन र सम्पादनका लागि सहजकर्ता र मेन्टरहरूको सहयोग र मार्ग निर्देशन रहने छ । कार्यशालापछिको लेखन कार्यमा पनि सहजकर्ताहरूको निरन्तर सहयोग र मार्ग निर्देश रहने छ । सहजकर्ताका रूपमा सल्लाहकार सहजकर्ता र अतिथि सहजकर्ताका साथै मुख्य सहजकर्ताहरूको भूमिका रहने छ । 

 

कक्षा शुल्क

कार्यशालाका लागि युएन ओमन (UN Women) को आर्थिक सहयोग हुने भएकोले कार्यशाला पूर्ण रूपमा निःशुल्क हुनेछ ।

 

कक्षा तालिका

आवेदन दिने अन्तिम मितिः                                                               २ फेव्रुअरी २०२४

कक्षाका लागि छनोट भएका उम्मेद्वारहरूको नामावली घोषणाः                ४ फेव्रुअरी २०२४

अभिमुखीकरण तथा कक्षा सुरुः                                                         १० फेव्रुअरि २०२४  

कक्षा सञ्चालन हुने समयः                                                                 शनिबार/आइतबार (बिहान ७१० बजे

कक्षा सञ्चालन हुने स्थानः                                                                 काठमाडौं

सम्पर्क व्यक्तिः

रुकमणी नेपालीकार्यक्रम संयोजक

ईमेलः wsj.dalitreader@gmail.com

मोबाइलः +९७७ ९८४१४४८२३५

 

पुनश्चः कुनै विपद्जन्य महामारीको अवस्था सिर्जना भएमा यो कक्षा भर्चुअल माध्यममार्फत् पनि सञ्चालन गर्न सकिनेछ । आवेदनका लागि दलित महिलामधेसी दलितअपाङ्गता भएका व्यक्ति तथा लैंगिक अल्पसंख्यक समुदायलाई प्रोत्साहित गर्दछौं । 

Copyright © 2022 All Right Reserved by DalitReader. Powered by LESS.